कोरोना कालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्नेलाई लुम्बिनी प्रदेशले गर्यो विभुषित
रुपन्देही, ४ फागुन । लुम्बिनीमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्नेलाई विभुषित गरिएको छ ।
प्रदेशको स्थापना दिवसको अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेका चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुलाई विभुषित गरिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनाललाई कोरोना अस्पताल व्यवस्थापन लगायतका क्षेत्रमा महत्त्वपुर्ण योगदान गरेको भन्दै प्रदेश सेवा समर्पण पदकबाट विभुषित गरिएको हो ।
यस्तै गुल्मी जिल्ला अस्पतालका मेसु डा. उत्तम पच्या, भिम अस्पतालका डाक्टर सुमित प्रजापती, लुम्बिनी आयुर्वेद अस्पतालका कविराज विष्णु आचार्यलाई पनि प्रदेश सेवा समर्पण पदकबाट विभुषित गरिएको छ । यस्तै उजिरसिंह दिप पदकबाट डाक्टर चित्रप्रसाद वाग्लेलाई विभुषित गरिएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले असोज ३ गते घोषणा गरेको विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको हो । बुद्ध शान्ति पदकबाट आचार्य डाक्टर भिक्षु अमृतानन्दलाई मरणोपरान्त विभुषित गरिएको छ ।