खोपको प्राथमिकतामा राख्न औषधि व्यवसायी संघको माग



Download our app to get more features

काठमाडौं, ३ फागुन । नेपाल औषधि व्यवसायी संघले आफूहरूलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेको छ।

संघले स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई भेटेर विज्ञप्ति बुझाउँदै आफूहरूलाई खोपको प्राथमिकतामा राख्न माग गरेको हो। आफूहरूको माग सुनुवाइ नभएको संघको गुनासो छ।

संघले कोरोना महामारीमा लकडाउनको समयमा औषधि अभाव हुन नदिन व्यवसाय सञ्चालन गरि राज्यलाई सहयोग पुर्याएको जनाएको छ। आफुहरूलाई चाडो खोपउपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
‘औषधि पसलका धनी, व्यवसायी तथा कर्मचारीहरुलाई कोभिड १९ संक्रमणको जोखिम उच्च रहेकाले खोप लगाउने कार्यमा व्यवसायीहरुलाई प्राथमिकतामा राखी यथाश्रिघ निशुल्क खोप लगाउने कार्य गरिदिन ज्ञापनपत्र सहित अनुरोध गरेका थियौँ। तर हाम्रो समस्या सुनुवाई भएको छैन।’ विज्ञप्तिमा उल्लेख छ।

कोभिड महामारीमा जोखिम मोलेर काम गरेपनि सरकारले आफुहरुलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुले दुख व्यक्त समेत गरेका छन्। हाल मुलुकभर २१ हजार बढी औषधि व्यवसायीहरु रहेको संघले जनाएको छ।
 

Last modified on 2021-02-15 21:06:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts