सरकारी कोटाका उम्मेदवारलाई पिजीमा भर्ना हुन चिकित्सा शिक्षा आयोगको सूचना



Download our app to get more features

काठमाडौं, २ फागुन ।राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फ छनौट भएका परीक्षार्थीलाई फागुन ३ गतेसम्म भर्ना हुन सूचित गरेको छ।

आयोगले आईतबार सूचना प्रकाशित गर्दै पुस १८, १९ र २० गते  सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षाथीहरुले निर्धारण गरेको प्राथमिकताका आधारमा सरकारी कोटा तर्फ माघ १९ र २७ गते प्रकाशित भर्ना सूचीमा नाम भएर हालसम्म सम्म भनाए नभएकालाई तेस्रो सूचना जारी गर्दै  फागुन ३ सम्म भर्ना हुन भनेको छ।

आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र  त्रिवि नेपाल आर्मी  स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुने दुई जना सरकारी कोटा तर्फका उम्मेद्वार भर्ना हुन सूचना जारी गरेको छ।

आयोगले फागुन ३ गतेभित्र भर्ना नभई रिक्त भएका  सीट राष्ट्रिय चिकित्सा शिक्षा नियमावली,२०७७ को नियम १७ को उपनियम ९२० बमोजिम खुला तर्फ थप गर्ने पनि जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts