आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाइँदै



Download our app to get more features

काठमाडौं, २ फागुन । सरकारले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउँदैछ । 

सवास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताए । 

उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउन भनिएको पनि बताए ।

प्रवक्ता डा. गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिए । 

भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप विभिन्न चरणमा मानिसहरुलाई लगाउँदै आएको छ । यस्तै अहिले पहिलो चरणकै कार्यक्रम अन्तर्गत सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय भएको हो । 

सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई पनि आजदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ । यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । 

खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई खोप लगाएको थियो । जसमा झन्डै २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका थिए ।

Last modified on 2021-02-15 07:01:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts