हेलिकोप्टरबाट सुत्केरीको उद्धार



Download our app to get more features

ताप्लेजुङ, ३० माघ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ।

राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट उद्धार गरेर विराटनगर लगिएको हो।

लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए।

बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए।

हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन्। रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts