स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र



Download our app to get more features

काठमाडौं, २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले समायोजनका लागि कागजपत्र मागेको छ। मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानका लागि सूचना जारी गर्दै कागजपत्र माग गरेको हो।

समायोजन हुन बाँकी रहेका र यसअघि निवेदन दिएका वा नदिएका कर्मचारीहरू समायोजन मिलान गरिने भएकाले कागजपत्र मागिएको मन्त्रालयले जनाएको छ। ‘कर्मचारी समायोजन, मिलान सम्बन्धी मापदण्ड २०७७’ को व्यवस्था बमोजिम गर्न लागिएको हो।

तोकिए अनुसारको ढाँचाको निवेदन, समायोजन भएको र समायोजन भई जान इच्छुक तहको तोकिएको बमोजिक ढाँचामा सहमति पत्र र यसअघि समायोजन भएको समायोजन पत्रको कागजपत्र बुझाउनु पर्ने छ।

कागजपत्र संलग्न गरी फागुन १ देखि १६ गतेसम्म अनलाइन विवरण भर्नु पर्ने मन्त्रालयले जनाएको छ।
 

Last modified on 2021-02-12 09:14:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts