आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि अनसन सुरु गर्ने डा. केसीको चेतावनी



Download our app to get more features

काठमाडौं, २९ माघ । प्राध्यापक डाक्टर गोविन्द केसीले २० औं अनसन सुरु गर्ने भएका छन् ।

डा. केसीले आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि २० औं अनसन सुरु गर्ने चेतावनी दिएका हुन् । 

डा. केसीले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले उठाएका तीन बुँदे माग पूरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् । उनले प्रतिनिधि सभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्न र संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गर्न माग गरेका छन् । 

आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न, चिकित्सा शिक्षालाई गैरनाफामुलक बनाउन, सबै सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरु कार्यान्वयन गर्न डा. केसीले माग गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं । हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुर गर्ने घोषणा गर्दर्छौं ।’

आफूसँग भएका कतिपय सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डा. केसीले आपत्ति जनाएका छन् । मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने भन्ने ऐनका प्रावधानहरु कार्यान्वयन गर्ने सम्बन्धमा कुनै प्रगति नभएको उनले बताएका छन् । 

Last modified on 2021-02-11 17:09:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts