फागुन २ गतेदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइने



Download our app to get more features

काठमाडौं, २९ माघ । सरकारले फागुन २ गतेदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने भएको छ ।

सवास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेबाट ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाइने बताए ।

उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउनलाई भनिएको बताए ।
 
प्रवक्ता डा. गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ ।

भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप विभिन्न चरणमा मानिसहरुलाई लगाउँदै आएको छ ।

यस्तै अहिले पहिलो चरणकै कार्यक्रम अन्तर्गत सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय भएको हो ।

Last modified on 2021-02-12 07:22:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts