नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५२, १३ जना भेन्टिलेटरमा

काठमाडौं, २९ माघ । नेपालमा थप ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।
यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ६४ जनाको उपचार आईसीयूमा भइरहेको छ भने १३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ९ सय २५ जना संस्थागत आइसोलेसनमा छन् भने ७ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।
Last modified on 2021-02-12 07:22:04