गत २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ११ जना स्वस्थ

काठमाडौं, २९ माघ । नेपालमा कोरोना भाइरसका कारण थप ८१ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार २३ जनामा पिसिआर परीक्षण गर्दा थप ३५ जना महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको छ भने ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।
Last modified on 2021-02-12 07:00:59