क्षयरोगका बारेमा जनचेतना फैलाउँदै मायादेवी गाउँपालिका

रुपन्देही, २९ माघ । मायादेबि गाउँपालिकाले समाजमा लुकेर रहेका क्षयरोगका विरामीहरु पत्ता लगाई विरामी संख्या घटाउँदै लाने अभियानमा सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वार्डमा क्षयरोगका बारेमा जनचेतना फैलाउँदै क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।
गाउँघरमा यो रोग पालेर बसेका, रोग लागेर पनि कसैले केही भन्छ या समाजमा छि छि दुर दुर हुन्छ की भन्दै उपचार नगराई बसेका कोही रहेछन भने तिनिहरुको पहिचान गरी उपचारमा ल्याई क्षयरोगका विरामीहरु न्यूनिकरण गर्ने अभियान रहेको छ, आत्रेयले भने। स्वास्थ्य शाखाले यो अभियानको प्रथम चरणमा गाउँपालिका वार्ड नम्बर २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कम्हरिया स्वास्थ्य चौकीमा तालिम दिएको छ ।
उनिहरुलाई जोखिमयुक्त जनसंख्यामा क्षयरोगी कसरी पत्ता लगाउने र पहिचान कसरी गर्ने भन्ने बिषयमा अभिमुखिकरण गरीएको छ , स्वयंसेविकाहरुलाई क्षयरोग कस्तो रोग हो, लक्षण हरु के के हुन्छन लगायतका बिषयमा प्रशिक्षण दियौ, अव उहाहरु वडाका प्रत्येक घरघरमा गई क्षयरोगका लक्षण भएका व्यक्तीलाई भेटगरी उहाँहरुको खकार संकलन गरी ल्याउनु हुन्छ र परिक्षण हुन्छ, आत्रेयले भने ।
पहिलो दिन वार्ड नम्बर २,३ र ४ का ३२ जना स्वयंसेविकाहरुलाई स्वास्थ्य शाखा प्रमुख आत्रेय, स्वास्थ्य शाखा नर्सिंग निरिक्षक शर्मिला शर्मा , कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रभु नाथ चौधरी, हेल्थ असिसटेन्ट सुरेश चौधरीले क्षयरोग भनेको केहो, कसरी सर्छ, उपचार बिधि के हुन, लक्षण हरु के के छन भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण लिएका स्वयंसेविकाहरुले बुधवार देखि वडा नम्बर २,३ र ४का सबै घर घरमा गई संभावित बिरामीहरुको खकार संकलन गरी प्रत्येक वार्डको स्वास्थ्य चौकीमा बुझाउने बताए।
यो कार्यक्रम गाउँपालिकाका सवै वार्डमा सुरु हुने र गाउँपालिकाका विभिन्न वार्डहरुमा गरी १६ जना क्षयरोगका विरामीहरु रहेको र उनिहरुको उपचार भैरहेको छ ।
लगातार दुई हप्ता देखि खोकी लाग्नु, साँझ पख ज्वरो आउनु, खाना खान मन नलाग्नु दुब्लाउदै जानु, छाती दुख्नु, खकारमा रगत आउनु क्षयरोगका लक्षण हुन र यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य सस्थामा चेकजाचका लागी जानपर्ने स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।
मायादेबि गाउँ पालिका अध्यक्ष धुर्ब नारायण चौधरीले भने समाजमा अहिलेपनि चेतनाको कमिकोकारण आफनो समस्या लुकायर राख्ने चलन रहेको छ । रोगलाग्यो भने उपचार गराउनु भन्दा लुकाउने परिपाटिको अन्त्य गर्नको लागी हामीले वडा स्वयमसेबिका परिचालन गरेको बताए ।
स्वयम सेबिकाले घर घरमा गएर उनीहरुको अबस्था बारे जानकारी ल्याउने र स्वास्थ्य साखाको सल्लाह अनुसार उनीहरुको उपचार र औषधी बितरण गर्ने गरि काम अघिबढाएको चौधरीले बताए ।