कागजपत्र झुटो पेश गरेको पाएपछि आयोगले १३ जनाको मेरिट सूची रद्द गर्यो

काठमाडौं, २८ माघ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी)को प्रवेश परीक्षा दिएका चिकित्सकहरूले दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजात झुटो फेला परेको भन्दै चिकित्सा शिक्षा आयोगले १३ जनाको नतिजा रद्द गरेको छ।
आयोगले गरेको छानबिनका क्रममा झुटा विवरण पेश गरी दुर्गमको अंक प्राप्त गरेको पाएपछि १३ जनालाई मेरिट सूचीबाट हटाएको हो।
दुर्गममा काम गरेको अनुभवको अकंभारको लागि पेस गरेका कागजात शंकास्पद भएको भन्दै आयोगमा उजुरी परेपछि सो विषयमा छानबिन गरिएको थियो।
यी हुन् आयोगले मेरिट सूचीबाट हटाएको १३ जना
Last modified on 2021-02-11 09:24:05