नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७२ हजार २ सय ४९ पुग्यो

काठमाडौं, २८ पुस । नेपालमा कोरोना थप १ सय ३४ जनामा कोरोना भाइरसका कारण संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ५ सय ६७ पिसिआर परीक्षण गर्दा थप ६३ जना महिला र ७१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरण दिने क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको बताए ।
यस्तै गत २४ घन्टामा १ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रवक्ता डा. गौतमले १ सय १८ जना कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको बताए । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।
यस्तै हाल नेपालभर १ हजार ७ सय ५३ सक्रिय संक्रमित रहेका छन् । जसमा ८ सय ४६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९ सय ७ जना होम आइसोलेसनमा रहेका छन् ।