कोरोना खोप अब शिक्षकले लागाउन पाउने 



Download our app to get more features

काठमाडौं, २८ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ।
मन्त्रालयले सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो।मन्त्रालयले  मंगलबार सचिव स्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ।

मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दै पत्र लेखेको हो। यसअघि, शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायत सरोकारवाला निकायले लाखौ विद्यार्थीसंग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए।

निजी विद्यालयय संगठन प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई अनुरोध गरेका थिए। मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंतिको सुचीमा शिक्षकलाई राख्न आग्रह गरेका थिए। मन्त्रालयले

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि थप प्रकृया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको मन्त्री श्रेष्ठको भनाई थियो। यस अघि,नै शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउन तथ्याङक संकलन गरिसकेको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts