पाल्पामा ज्येष्ठ नागरिकलाई कोसेलीसहित स्वास्थ्य परीक्षण



Download our app to get more features

पाल्पा, २८ माघ । पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका दुई सय ६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै स्वास्थ्य परीक्षण गरेको छ ।  

उनीहरुलाई स्वास्थ्य परीक्षण र औषधिसहित कपडा, पौष्टिक आहार प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।  नगरप्रमुख शाहीका अनुसार  ब्ल्याङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी र झोला प्रदान गरिएको छ । 

ज्येष्ठ नागरिकको जीवनबाट भावीपुस्ताका लागि ठूलो सिकाइ मिल्ने भन्दै मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । 
तानसेन नगर समितिका सदस्य गुराँस आत्रेयका अनुसार स्वाथ्यकर्मीहरुले ज्येष्ठ नागरिकहरुको मधुमेह, रक्तचाप परीक्षण गर्दै आवश्यकताअनुसार औषधि प्रदान गरिएको छ । 
वडा कार्यालयमा पुगेर सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको र वडासम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर परीक्षण सम्मान र औषधि प्रदान गरिएको तानसेन नगरपालिकाले जनाएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts