थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ८ सय २४ जना संस्थागत आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २७ पुस । नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर १५ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ६४ जना आईसीयूमा उपचाररत रहेका छन् ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८ सय २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-02-09 20:19:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts