गत २४ घन्टामा १ सय ६० नयाँ संक्रमित थपिए, १ सय ६५ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २७ पुस । नेपालमा थप १ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ३ सय ९ पिसिआर परीक्षण गर्दा ६१ जना महिला र ९९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ सय ६५ जना स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसका कारण मुलुकभर संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लख ६८ हजार ४ सय ३१ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको छ भने ८७ जना क्वारेन्टाइनमा रहेका छन् । 

Last modified on 2021-02-09 20:19:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts