सोमबार २२६ जना पत्रकारले लगाए कोरोनाबिरुद्धको खोप 



Download our app to get more features

काठमाडौं, २६ माघ । पत्रकारहरुलाई खोप लगाउन शुरु गरिएको पहिलो दिन काठमाडौँ उपत्यकामा कार्यरत २२६ जना पत्रकारले खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित सिभिल अस्पताल खोप केन्द्रमा सूचना विभाग प्रेस पास वा नेपाल पत्रकार महासंघको परिचय पत्र भएका २२६ जना पत्रकारहरुले खोप लगाएका हुन् ।

सिभिल अस्पतालमा विहान १० देखि अपरान्ह ३ ः ३० बजेसम्म खोप दिइएको थियो ।

यसैगरी आजबाट पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत कर्मचारीहरुलाई खोप दिईएको छ । त्रिवि शिक्षण अस्पताल तथा शहीद गंगालाल हृदयकेन्द्र बाँसबारीमा राजदूतावास तथा कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुका लागि खोप दिन सुरु गरिएको छ । यो खोप अभियान आगामी शुक्रबारसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको १४ माघ देखि शुरु भएको खोप अभियानमा शुरुमा फ्रन्टलाइन हेल्थ वर्करहरुलाई खोप दिइएको थियो । गत शनिबारसम्म कुल १ लाख ८४ हजार ८५७ जनालाई लगाइ सकिएको छ । भारत सरकारले अनुदानमा उपलव्ध गराईएको १० लाख डोज कोभिसिल्डबाट अभियान जारी रहेको छ । 

Last modified on 2021-02-09 08:57:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts