थप ७ जनाको कोरोनाका कारण मृत्यु, १७ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, २६ माघ । नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १७ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ६३ जना आईसीयूमा उपचाररत रहेका छन् ।

हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ८ सय ९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-02-09 07:10:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts