नेपालमा घट्दै सक्रिय संक्रमित, थपिए १ सय ३० नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, २६ माघ । नेपालमा थप १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ३ सय ३३ पिसिआर परीक्षण गर्दा ६१ जना महिला र ६९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो । 

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको छ । 

Last modified on 2021-02-09 07:09:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts