पहिलो चरणमा सबैले कोरोना खोप लगाएनन्



Download our app to get more features

काठमाडौं, २६ माघ । सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिवार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७  जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ ।   

सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वास्थ्यकर्मी नै खोप लगाउन डराएका धेरैको आशङ्का छ । तर विस्तृत तथ्याङ्क आउन नसकेकाले खोप लगाउनेको संख्यामा कमी आएको हुनसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेलले बताए ।   

उनले भने,पहिलो चरणको खोप, त्यसमाथि विज्ञको संलग्नतामा जिल्लामा मात्र राखियो । त्यसैले पनि गाउँगाउँका स्वास्थ्यकर्मी तथा डाक्टरको पहुँचमा खोप पुगेन । र तथ्याङ्कमा पनि कम देखियो ।’ । छोटो समयको तयारीमा यतिको सङ्ख्यामा खोप लगाउनु राम्रै भएको उनको भनाई छ । 

‘४ लाख ३० हजारसम्मलाई व्यवस्थापन गर्ने भन्ने नीतिगत निर्णय थियो । तर अग्रपंक्तिमा खटिने कति थिए भन्ने यकिन तथ्याङ्क भएन । छुटेकालाई फेरि खोप लगाउने तयारी भइरहेको डा.पोख्रेलले बताए । 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये, कोही रिटायर्ड, कोही विदेशमा भएकाले भनेअनुसार भनेको संख्याभन्दा कमले खोप लगाएको हुन सक्ने उनको भनाइ छ ।  खोपको  दुरुपयोग नहोस् भनेर मन्त्रालयले एकदमै सावधानी अपनाएकाले पनि तथ्याङ्कमा थोरै देखिएको उनले जनाएकाछन् । 

Last modified on 2021-02-09 07:09:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts