कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु



Download our app to get more features

काठमाडौं, २६ माघ । कोरोनाको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा  दुई र अल्जेरियामा एक जना नेपालीको सङ्क्रमणका कारण मृत्यु भएको हो ।  योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय ३३ पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये  ५६ हजार दुई सय ४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

समितिका अनुसार यो हप्ता  बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts