डा. मुरलीको “क्यान्सरसँगको लडाइँ ” सार्वजनिक

काठमाडौं, २५ माघ । विश्व क्यान्सर सप्ताह २०२१को अवसरमा प्रा. डा. मुरली रञ्जितको क्यान्सरसँगको लडाइँ’ जितेको पुस्तक बिमोचन भएको छ । क्यान्सरको अन्तिम अबस्थामा पुगेर पनि जितेकाले उनले पुस्तक सार्वजनिक गरेकाहुन् ।
मेडिसिटी अस्पतालमा आज अंङ्कोलोजिष्ट डा. पंकज बर्मन, युरोलोजिष्ट डा। महेश अधिकारी, केशव अमात्य फाउन्डेसनकी तारा अमात्यलगायतले पुस्तक बिमोचन गरे। उनले क्यान्सर भएकाले सबैले उच्च मनोबल बनाउन र क्यान्सरका बारेमा बुझुन भनेर यो पुस्तक प्रकाशन गरेको बताए।
यस्तै, मेडिसिटीका युरोलोजी विभागका प्रमुख डा. महेशबहादुर अधिकारीले रञ्जित आफूलाई अन्तिम चरणको प्रोस्टेट क्यान्सर भएको जानकारी दिँदै करिब १० महिना अगाडि आएको बताए। उनले मृत्यु जित्न निकै ठूलो आत्मविश्वासका साथ क्यान्सरलाई प्रास्त गरेको बताए। कुनै क्यान्सर पीडित आउँदा आफूले रञ्जितकै उदाहरण दिनेगरेकी उनी बताउँछन्।
‘क्यान्सर बिरामीका लागि रञ्जित उदाहरणीय व्यक्ति मात्र होइनन्। उनी उर्जाको स्रोत पनि हुन’, उनी भन्छन्, ‘यो पुस्तकमा थुप्रै अनुभूति लेख्नुभएको छ। यो जीवन्त अनुभूतिलाई सबैले पढ्नुपर्छ।’
मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशन बिजय रिमालले क्यान्सरबाट बोलिरहेको मानिस कुन बेला स्वास छोड्छ थाहै नहुने बताए।