नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार नाघ्यो

थप २ को मृत्यु, ११ जना मात्रै भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, २५ माघ । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप २ सय ६० जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको बताए । उनले यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत रहेको पनि बताए ।

यस्तै डा. गौतमले गत २४ घनटामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । 

डा. गौतमका अनुसार गत २४ घन्टामा २ हजार २ सय ५१ पिसिआर परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ ।

यस्तै गत २४ घनटामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ । यो दर कुल संंक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो । 

यस्तै हालसम्म देशभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै ११ जना भेन्टिलेटरमा उपचाररत छन् भने ५६ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ रहेको छ भने ९ सय ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-02-08 09:01:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts