लुम्बिनी प्रदेशमा २८ हजार ९ बढीले लगाए कोरोना बिरुद्धको खोप

रुपन्देही, २४ माघ । लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१कोरोना बिरुद्धको खोप लगाएका छन। प्रदेशमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरी २८ हजार ९ सय ४१ ले कोरोना बिरुद्धको खोप लगाएका हुन।
प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भन्डारीका अनुसार रुपन्देहीमा ६७ सय ९१ कपिलबस्तुमा २२ सय २६ दाडमा ३५ सय ३६ वाकेमा ४९ सय ५७ बर्दियामा १९ सय ३१ नबलपरासीमा ११ सय ५२ अर्घाखाचीमा १३सय ७८ पाल्पामा २७सय १२ गुल्मीमा १७ सय ४५ रुकुममा ३सय ८२ रोल्पामा ९ सय ८७ र प्युठानमा ११ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
चिकित्सक स्वास्थ्यकर्मि अस्पतालमा कार्यरत अन्य कर्मचारी स्वयसेबिका एम्बुलेन्स चालक सुरक्षाकर्मि लगायतलाई यो कोरोना बिरुद्धको खोप लगाईएको भन्डारीले बताए। प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप २८ हजार ९सय ७०भाईल मध्ये खेरजाने दर न्युन रहेको बताए ।
उनले लुम्बिनी प्रदेशमा २५ खोपकेन्द्र रहेकोे बताए । लक्ष्य ३४ हजार ९ सय ९५ भएपनि २८ हजार ९ सय ७० जनाले खोप लगाएका छन ।लुम्बिनी प्रदेशमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाएका भन्डारीले बताए । प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीले कोरोना बिरूद्ध खोपमा लुम्बिनी प्रदेशमा ठूलो सफलताको मिलेको बताए ।