सोमबारबाट कोरोनाबिरुद्धको खोप कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिईदै



Download our app to get more features

काठमाडौं, २४ माघ । कोरोनाबिरुद्धको खोप अव कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले पाउने भएका छन् । एघार दिन अघि सुरु भएको खोप अहिलेसम्म स्वास्थ्यकर्मीलाई मात्रै दिइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ निर्णय गर्दै सोमबार (पर्सी) देखि कुटनीतिक नियोगका विदेशी कर्मचारी, तिनका आफन्त, त्यहि कार्यरत नेपाली कमर्चारी र पत्रकारलाई दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुटनीतिक नियोगका विदेशी कर्मचारी र तिनका परिवारका सदस्यहरुलाई प्राथमिकतामा राखिने निणर्य भएको छ । यस्तै पत्रकारहरु पनि जोखिम मोलेर अग्रपंक्तिमा रहेर काम गर्ने भएकोले खोप दिने निर्णय भएको प्रवक्ता डा. गौतमले बताए । 

त्यसको लागि मन्त्रालयले उपत्यकाका चारवटा अस्पताल तोकेको छ । शहीद गंगालाल हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताल अस्पतालमा गएर खोप लगाउन सकिने समेत डा. गौतमले बताए । कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा हुनेछ । यस्तै पत्रकारहरुको सूचना विभागको प्रेस पास देखाएर पनि लगाउन सकिने व्यवस्था गरिएको छ । 

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज कोभिसिल्डबाट ४ लाख ३० हजार जना फ्रन्टनाइनरलाई दिने निर्णय गरेको थियो । तर अनुमान गरेभन्दा झण्डै ५० प्रतिशत कमले खोप लगाएपछि सरकारले त्यहि खोप कुटनीतिक नियोग र पत्रकारलाई दिने निर्णय गरेको हो ।

Last modified on 2021-02-07 07:10:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts