लुम्बिनी प्रादेशिक अस्पतालका २३ सय ५० जनाले लगाए कोरोना विरुद्धको खोप



Download our app to get more features

रुपन्देही, २४ माघ । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना बिरुद्धको खोप २३ सय ५० जनाले लगाएका छन् । 

अस्पतालमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयंसेविका एम्बुलेन्सचालक सुरक्षाकर्मी गरि २३ सय ५० ले लगाएका हुन् । भारत सरकारद्वारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका कम्युनिटी नर्सिङ निरिक्षक कमला हमाल मल्ल दिएको जानकारी अनुसार चिकित्सक स्वास्थ्यकर्मी १५ सय २७ जना अस्पतालमा कार्यरत अन्य कर्मचारी ४ सय ७२ जना स्वयंसेविका ३ सय १७ एम्बुलेन्स चालक ८ जना र सुरक्षाकर्मी २६ जना रहेको बताईन् ।

अस्पतालमा प्रयोगमा ल्याईएको कोरोना विरुद्धको खोप २ सय ३५ भाईल खेर जाने दर शुन्य रहेको मल्लले बताईन् ।

Last modified on 2021-02-07 07:09:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts