चन्द्रकोट गाउँपालिका ८ पिपलपाटा सामुदायिक स्वास्थ्य भवनको शिलन्यास गरियो



Download our app to get more features

रुपन्देही, २४ माघ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले चन्द्रकोट गाउँपालिका वडा नं. ८ मा पिपलपाटा सामुदायिक स्वास्थ्य ईकाईको भवन शिलन्यास गरे । 

मन्त्री बरालको आफ्नो क्षेत्रमा  रहेको पिपलपाट सामुदायीक भवनको शिलन्यास गरेका हुन ।

शिलन्यास कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले कुनैपनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेशले काम गरिरहेको बताए । उनले आवश्यक भवन जनशक्ति र औषधि कुनै कुरा स्वास्थ्य संस्थामा अभाव हुन नदिने तरिकाले काम गरेको बताए । 

मन्त्री बरालले जनता बाल निकेतन मावि चन्द्रकोट ८ मा रहेको नयाँ भबनको अवलोकन त्यस्तै गतिशिल समावेशी समाज विकास युवा संजालले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेको स्वकिय सचिव यदु ज्ञवालीले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts