नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २ सय ४८ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २४ माघ । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ७ सय ९४ पिसिआर परीक्षण गर्दा ४२ जना महिला र ५७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ सय ४८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ रहेको छ  भने नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ रहेको छ ।

Last modified on 2021-02-07 07:08:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts