ढाडमा समस्या आएपछि तमसपा अध्यक्ष यादव अस्पताल भर्ना 

What's This?


Download our app to get more features

काठमाडौं, ६ साउन । ढाडमा अचानक समस्या आएपछि तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव आकस्मिक रुपमा अस्पताल भर्ना भएका छन् । 

सर्लाही रहेका यादवलाई नुहाउने क्रममा ढाडको दाहिनेपट्टी अकास्मात दुख्न थालेपछि काठमाडौं ल्याइएको हो । बिहीबार बिहान उनी तिनकुनेस्थित कान्तिपुर अस्पतालमा भर्ना भएका छन् ।

पारिवारीक स्रोतका अनुसार अकास्मात भएको दुखाईका कारण उनलाई हिड्न र उठबसमा समेत कठिनाई छ । पूर्व मन्त्रीसमेत रहेका यादव मुटु रोगी हुन् । उनको मुटुमो पेसमेकर राखिएको छ । पछिल्लो समय उनी दिल्लीस्थित मेदान्ता अस्पतालमा मुटु सम्बन्धी नियमित उपचार गराउँदै आएका छन् । 
 

Last modified on 2016-07-21 17:06:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts