तिलोत्तमाको वडा नं. १५ मा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा

रुपन्देही, २४ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुरुप काम अघि बढाए वडा नं. १५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ ।
सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । स्वास्थ्य संस्था उदघाटन गर्दे नगरप्रमुख घिमिरेले भने आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए ।
योसँगै तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । बाँकी एक वडामा छिट्टै स्वास्थ्य संस्था पुर्याउने गरी काम अघि बढेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
रुपन्देही २३ माघ आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए ।
स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष खेमराज गुरुङ, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले वोल्दै आधारभूत स्वास्थ्य सेवा महत्वको बारेमा वोलेका थिए ।
उनीहरुले अब तिलोत्तमाका सबै वडामा आधरभुत उपचार सेवा लिन सहज भएको बताए । बाँकी एक वडामा छिट्टै स्वास्थ्य संस्था सञ्चालनमा ल्याउनेगरी काम अघि बढेको नगरपालिकाका प्रेस सल्लाहकार विपी गौतमले बताए ।