खोप अभियानको दशौं दिनः १ लाख ७१ हजारभन्दा बढीले लगाए खोप



Download our app to get more features

काठमाडौं, २३ माघ । नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख ७१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियानको १० औं दिनसम्म ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार शुक्रवार साँझ ४ बजेसम्म प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२, गण्डकी प्रदेशमा १७ हजार ३ सय १५, लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८, कर्णाली प्रदेशमा ८ हजार ६ स य ८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियान भोलिसम्म मात्रै चल्ने मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप सरकारले विभिन्न चरणमा प्राथमिकताका आधारमा लगाउने तयारी गरेको छ । जसमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलाई दिँदैछ ।  

Last modified on 2021-02-07 07:09:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts