नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७, थप २ जनाको मृत्यु

काठमाडौं, २३ माघ । नेपालमा थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ७ सय ९९ पिसिआर परीक्षण गर्दा ४८ जना महिला र ५७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप २ सय ७२ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ५ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ रहेको छ ।
यस्तै गत २४ घन्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ६४ जनाको उपचार आईसीयूमा उपचाररत छन् भने १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।