वीर अस्पतालका आवासीय चिकित्सकले पाउने भए कोरोना जोखिम भत्ता

काठमाडौं, २३ माघ । कोभिड–१९ जोखिम भत्ताको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुसँग वीर अस्पताल प्रशासनले जोखिम भत्ता उपलब्ध गराउने सहमति गरेको छ ।
वीर अस्पताल प्रशासनले रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान)सँग बिहीबार साँझ ४ बुदें सहमति गरेको छ ।
कोरोना संक्रमितको उपचारमा खटिएका सबै आवासीय चिकित्सकहरुलाई सरकारको निर्देशिका अनुसार सम्पूर्ण भत्ता उपलब्ध गराउने सहमति भएको आरएएनका अध्यक्ष डा किरण पाण्डेयले जाकारी दिए ।
गएको चैत महिनादेखि हालसम्म कोरोना संक्रमितको उपचारमा खटिएका आवासीय चित्सिकहरुले सबै महिनाको जोखिम भत्ता भने एकमुष्ट नपाउने भएका छन् ।
अस्पताल प्रशासनलेस्वास्थ्य मन्त्रालयबाट प्राप्त बजेट पुर्ण रुपमा उपलब्ध गराउन नपुग्ने भन्दै तत्कालका लागि निश्चित मापदण्डको आधारमा रेजिडेन्ट डाक्टरलाई बजेट अनुसार केही भत्ता प्रदान गर्ने सहमति भएको छ ।
अस्पताल प्रशासनसँग सहमति भएपछि आवासीय चिकित्सकहरुले बिहीबार साँझ आन्दोलनका कार्यक्रम स्थगित भएको घोषणा गरी शुक्रबार देखि नियमित ड्युटीमा खटिएका छन् ।