तारकेश्वरबाहेक काठमाडौंको अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण नभेटिएको विभागको दाबी



Download our app to get more features

काठमाडौं, २३ माघ । काठमाडौंको तारकेश्वर नगरपालिकाबाहेक अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण नदेखिएको पशुसेवा विभागले जनाएको छ ।
गएको माघ १६ गते तारकेश्वरमा बर्ड फ्लू सङ्क्रमण देखिएपछि झण्डै २५ सय पक्षी नष्ट गरिएको थियो । 

अहिले सङ्क्रमण देखिएको क्षेत्रलाई सिल गरेर विभागले दैनिक निरीक्षण गरिरहेको पशुसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जनकारी दिए ।  सङ्क्रमण भेटिएको क्षेत्रमा दैनिक विज्ञसहितको टोलीले अनुगमन गरिरहेको छ ।

नियमित रुपमा अनुगमन गर्ने, शङ्कास्पद नमुना परीक्षण गर्ने र अध्ययन गर्नेलगायत कामहरु टोलीले गरिरहेको छ । सङ्क्रमण भेटिएका फार्ममा ४२ दिनसम्म कुखुरा राख्न नपाउने प्रवक्ता ढकालले बताए । 
पीडित व्यवसायीलाई सरकारले २२ लाख रुपैयाँ राहतसमेत उपलब्ध गराउने भएको छ । पशुसेवा विभागले विज्ञ केन्द्र र नगरपालिकाहरुसँग सङ्क्रमण फैलिन नदिने सहकार्य गरिरहको छ । 

यस्तै विभागले बर्ड फ्लू सङ्क्रमण अरु ठाउँमा नदेखिएकाले मासु खान डराउनु पर्ने अवस्था नरहेको विभागले जनाएको छ ।

Last modified on 2021-02-06 06:54:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts