छ महिनाभन्दा धेरै स्तनपान गराइरहेका महिलालाई खोप लगाउने मन्त्रालयको निर्णय

काठमाडौं, २२ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाभन्दा बढी समय स्तान गराइरहेका महिलालाई पनि कोभिड १९ विरुद्धको खोप दिन सकिने निर्णय गरेको छ। मन्त्रालयले राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा यस्तो निर्णय गरेको हो।
मन्त्रालयका अनुसार एक्सक्लुसिभ बे्रस्ट फिडिङ गराइरहेका आमाहरुलाई उनीहरुले चाहेमा खोप दिन सकिने निर्णय भएको हो। स्तनपान गराएका महिला, गर्भवतीले खोप लगाउन चाहेमा लगाउन सकिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि, मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय साीमाका प्रवेश बिन्दुमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, कारागारमामा बस्ने व्यक्ति र छुट भएका स्वास्थ्यकर्मीहरुलाई ३ दिनभित्रमा खोप लगाउने निर्णय समेत गरेको छ।
खोप अभाव भएमा अन्तर जिल्ला र प्रदेश आपूर्ति केन्द्रबाट उपलब्ध गराउने निर्णय गरेको छ ।