१ लाख ५८ हजारभन्दा बढीले लगाए खोप, पहिलो चरणको खोप अभियान माघ २४ सम्म मात्रै चल्ने

खोप लिन छुटेकालाई मन्त्रालयको यस्तो निर्देशन



Download our app to get more features

काठमाडौं, २२ माघ । नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियानको नवौं दिनसम्म ७७ जिल्लाका २ सय १ वटा खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन् ।

भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको कोभिशिल्ड नामक खोप नेपाल सरकारले अभियान चलाएर लगाउन सुरु गरेको हो ।

मन्त्रालयका अनुसार बिहीवार साँझ ४ बजेसम्म प्रदेश १ मा २१ हजार ७ स य ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमती प्रदेशमा ५५ हजार ५ सय ४, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार ७ स य ९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।   

सरकारले पहिलो चरणमा कोरोना विरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउँदैछ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप अभियान माघ २४ गतेसम्म चल्ने बताएका छन् ।

उनले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट बञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिएर खोप केन्द्रमा गई खोप लगाउन सक्ने पनि स्पष्ट पारेका छन् ।

Last modified on 2021-02-05 08:01:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts