थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २२ माघ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ८ सय ७८ पिसिआर परीक्षण गर्दा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५९ जना महिला र १ सय १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थगप २ सय २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ४ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३२ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७५ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ रहेको छ ।

Last modified on 2021-02-05 07:50:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts