कोभ्याक्समार्फत् पहिलो चरणमा नेपालले साढे २२ लाखभन्दा बढी डोज खोप पाउने



Download our app to get more features

काठमाडौं, २२ माघ । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप पाउने भएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले बुधवार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने उल्लेख गरिएको छ । यो नेपालको जनसंख्याको करिब ३ दशमलव ३ प्रतिशत हो । 

संगठनले यो खोप सन् २०२१ को पहिलो ६ महिनामा प्राप्त हुनसक्ने बताएको छ । 

सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका थिए । 

कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य संगठनले लिएको छ ।

Last modified on 2021-02-04 18:03:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts