नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३ सय ३५ सक्रिय संक्रमित



Download our app to get more features

काठमाडौं, २१ माघ । नेपालमा थप १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ५ सय ९७ पिसिआर परीक्षण गर्दा थप १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ रहेको छ भने ९५ जना क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2021-02-04 07:25:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts