अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा कोभिड १९ को ‘रिकभरी ट्रायल’ गरिदैं



Download our app to get more features

काठमाडौं, २१ माघ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड – १९ मा अन्य औषधिको प्रभावकारिता सम्वन्धी रिकभरी ट्रायल गर्ने भएको छ । अक्सफोर्ड युनिभर्सिटीसंगको सहकार्यमा परिषदले ‘रेन्डामाइज इभ्यालुसन अफ कोभिड१९ थेरापी’ विषयमा रिकभरी ट्रायल गर्ने भएको हो ।

त्यसका लागि आवश्यक इथिकल एप्रुभ सहितका सबै प्रक्रिया पुरा भईसकेको परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । उनले दुखाई तथा मुटुका बिरामीमा प्रयोग हुँदै आएको ‘एस्पिरिन’ र युरिक एसिडमा बिरामीलाई दिइदै आएको औषधि ‘कोलचिसेन’ को प्रयोग कोभिड १९ को उपचारमा कति प्रभावकारिता हुन्छ भन्ने विषयमा ट्रायल गर्न लागेको बताए ।  

यी औषधिहरुको ट्रायल विश्वका विभिन्न देशहरुले गरिसकेको छ । डा. ज्ञवालीका अनुसार यो ट्रायलमा ६०० बढीलाई सहभागी गराउने योजना रहेको छ । 

‘यो ट्रायल पहिले नै कुनै रोगको उपचारमा प्रयोग भएका औषधिहरु कोभिड १९ को उपचारमा प्रयोग गर्दा कति प्रभावकारी हुन्छ भनेर हेर्न खोजिएको हो । अक्सफोर्ड युनिभर्सिटीले गर्न लागेको यो ट्रायल संसारकै सबैभन्दा ठूलो ट्रायल हुने डा.ज्ञवालीले बताए । 
 

Last modified on 2021-02-04 07:25:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts