कोरोना विरुद्धको खोप अभियानको एकसाता : १ लाख २८ हजार बढीले लगाए खोप



Download our app to get more features

काठमाडौं, २० माघ । सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज एक साता पुरा भएको छ। कोभिड–१९ खोप अभियान अन्तर्गत सातौं दिन सम्ममा संख्या १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट  हालसम्म ७७  जिल्लामा १ लाख २८ हजार ६५० जनाले  जनाले खोप लगाएका छन्।

जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २८७, प्रदेश नम्बर २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले कोभिड खोप लगाएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदुरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएका छन्।

पहिलो चरणमा सरकारले करिब ४ लाख  ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो।

खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ। 
 

Last modified on 2021-02-03 09:14:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts