डाक्टर केसीले फागुन १२ देखि अनसन बस्ने 



Download our app to get more features

काठमाडौं, २० माघ । चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन्।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उनले दुई बुँदे माग अघि सारेका छन्।

‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, उनले भने,‘यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं। आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दर्छौं।’
 

Last modified on 2021-02-03 07:37:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts