नेपालमा थप १ सय ७१ जनामा कोरोना देखियो, २ सय ५९ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २० माघ । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या २५ सयभन्दा कममा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ ।

यस्तै गत २४ घन्टामा २ हजार ९ सय ४६ पिसिआर परीक्षण गर्दा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ७१ जना महिला र एक सय जना पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ४ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय २८ जना आईसीयूमा उपचाररत रहेका छन् भने २१ जनाको उपचार भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Last modified on 2021-02-03 07:35:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts