बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद शिलवाल नियुक्त

काठमाडौं, २० माघ । सरकारले बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव सिलवाललाई बीमा समितिको अध्यक्ष नियुक्त गरेको हो ।
सिलवाल २८ चैत २०७० देखि ६ मंसिर २०७२ सम्म गृहसचिव थिए ।
यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल गत पुस २२ गतेदखि सकिएपछि बीमा समिति अध्यक्षबिहीन थियो ।
सरकारले चापागाईंलाई २०७३ पुस २४ गते समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको थियाये ।
उनको ४ वर्षे कार्यकालमा बीमाको पहुँच २२ प्रतिशत पुगेको छ । ४ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत हारहारीमा थियो ।
कोरोना भाइरसको बीमा गर्ने निर्णय गरेका चापागाईंको निर्णयले बजारमा केही उत्साह थपे पनि दाबी भुक्तानीमा देखिएको समस्याले विवादित बनाएको छ ।