नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख नाघ्यो

काठमाडौं, १९ माघ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनको संख्या १ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौ दिनसम्मको खोप अभियान अन्तर्गत सोमवारसम्म नेपालभर कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा जारी खोप अभियान अन्तर्गत सोमवार पाँचौ दिनसम्म प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
Last modified on 2021-02-03 07:33:47