२४ घन्टामा कोरोनाका कारण मृत्यु हुने संख्या शून्य, २२ जना भेन्टिलेटरमा

काठमाडौं, १९ माघ । नेपालमा गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य हुँदा मृत्यु हुने संख्या २ हजार २९ नै रहेको छ ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय २२ जनाको उपचार आईसीयूमा भइरहेको छ भने २२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
Last modified on 2021-02-03 07:34:53