नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार नाघ्यो, ९८ प्रतिशत स्वस्थ



Download our app to get more features

काठमाडौं, १९ माघ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गत २४ घन्टामा ४ हजार १ सय ४५ पिसिआर परीक्षण गदौ ६१ जना महिला र ९८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ३ प्रतिशत हो ।

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ रहेको छ ।

Last modified on 2021-02-03 07:36:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts