कोरोना खोप लगाएकालाई ज्वरो आउँदा डराउँनु पर्देन

काठमाडौं, १९ माघ । नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाउन थालिएको पाँच दिन भइसकेको छ। खोप लगाएका कतिपय मानिसमा ‘साइड इफेक्ट’ देखिएको छ भने कतिपयलाई कुनै पनि ‘साइड इफेक्ट देखिएको छैन ।
खोप लगाएपछि समान्य ‘साइड इफेक्ट देखिने हुँदा नआतिन विज्ञहरूको सुझाव छ। खोप लगाएपछि समान्यता १५ देखि २० प्रतिशत मानिसमा मुख्यतया ज्वरो देखिनसक्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार टेकु अस्पतालकमा पहिलो दिन खोप लगाएका २९ स्वास्थ्यकर्मी मध्ये २३ जनामा कुनै न कुनै लक्षण देखिएको थियो। केहीलाई ज्वरो आउने, टाउको दुख्ने, चिलाउने, खोप लगाएको ठाउँमा रातो हुने र बान्ता हुनेलगायत लक्षण देखिएका थियो।
खोप लगाएपछि किन ज्वरो देखिन्छ ?
यो अति सूक्ष्म हुन्छ। यसले कोरोना भाइरसको प्रोटिनलाई सुरक्षितरुपमा सिरिन्जको माध्यमबाट मानिसको शरीरमा रहेको सेलभित्र पुर्याउन मद्दत गर्ने भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे बताउँछन्।
खोपमा कोभिड १९ भाइरसको भाइरल प्रोटिन (सानो टुक्रा) शरीर भित्र छिराउने गरिन्छ।
‘खोप लगाएपछि सेलभित्र लिपिडको घेराबन्दी तोडेर भाइरसको टुक्रा सेलको साइटोप्लाज्मामा देखापर्छ । यसपछि मानव शरीरभित्रको इम्युन सिस्टममा फैलिन्छ र शरीरभित्र घुलमिल हुने क्रममा शरीरभित्रका तत्वहरू सक्रिय हुँदा कुनै व्यक्तिमा ज्वरो आउने र शरीर दुख्ने जस्ता लक्षण देखिन्छ।
शरिरको रोग प्रतिरोधात्मक शक्तिले एन्टिजेनसँग रेस्पोन्स गरेको खण्डमा ज्वरो आउने हुन्छ ।
‘कुनै व्यक्तिमा खोप लगाएसकेपछि अन्य ब्याक्टेरिया शरीरमा छिरेको अवस्थामा पनि ज्वरो आउँछ, कुनै व्यक्तिमा खोप लगाएपछि ज्वरो ल्याउने तत्व हुने भएकाले पनि समान्य समस्या देखिन सक्छ।