खोप अभियानको पाँचौ दिनः ८८ हजार ७ सयले लगाए कोरोना विरुद्धको खोप



Download our app to get more features

काठमाडौं, १८ माघ । कोभिड १९ विरुद्धको खोप अभियानको पाँचौ दिनसम्ममा ८८ हजार बढीले खोप लगाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका छन्। 

पाँचौ दिनसम्ममा प्रदेश १ मा १२ हजा।र ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समुहमा पर्ने व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीहरुले अबको पाँच दिन भित्र खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। 

जसका लागि स्वास्थ्यकर्मीहरुले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। 

Last modified on 2021-02-01 08:07:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts